स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी गुप्र र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताउनुभयो ।
उहाँले सरकारले पनि चिकित्स र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिनुभयो, सीआईएन लेखेको छ । कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउने उहाँले बताउनुभयो ।
उहाँले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको जानकारी दिनुभयो । मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता दोहोर्याउनु भयो ।







