विश्व हिन्दू महासङ्घले गाईको आहारको प्रबन्ध गर्न सरकारसँग माग

विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घले प्रेस विज्ञप्ति जारि गर्दै लकडाउनका बेला पनि मुलुकभर तथा उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै गाईको आहारको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
गौमाताको जीवनरक्षामा सरकार असंवेदशील भई गाई फार्महरुमा दाना तथा खाद्यपदार्थ पुयfउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन, कुखुरा फार्ममा दाना पुयfउन व्यवस्था गरिदिने तर गाई फार्ममा दाना पुयfउन बाधा दिने सरकारको रवैया तत्काल सच्चिनुपर्दछ भन्दै प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन्
छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रुपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासङ्घले जोडदार माग गरेको छ ।







