नेपालमा थप एक व्यक्तिमा कोरोना सङ्क्रमण, सङ्क्रमित तीन मध्ये एक जना निको भईसके

नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्।
योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ, बिबिसीले लेखेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्। विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको हो।
मङ्गलवार राति परीक्षणको परिणाम आएको गुप्ताले बीबीसी न्यूज नेपालीलाई बताए।







