आजदेखि मोबाइल सेवा प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी र रिचार्जमा शतप्रतिशत बोनस दिने
-1585111944.jpg)
नेपालका मोबाइल सेवा प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी र रिचार्जमा शतप्रतिशत बोनस दिने भएका छन् । नेपाल दुर सञ्चार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले आज देखि लागु हुने गरि नेपालभित्र संचालनमा रहेका सरकारी निकाय नेपाल टेलिकम, निजि क्षेत्रबाट संचालित एनसेल र स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिने भएका हुन् ।
नेपाल दुर सञ्चार प्राधिकरणको नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई रिचार्जमा शतप्रतिशत बोनस र २ सय रुपैयाँसम्म सापटी सेवा उपलब्ध गराउन निर्देशन दिएको हो । यस अघि सापटीको सिमा जम्मा २० रुपैयाँ मात्रै दिँदै आएको थियो । त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत प्रदान गर्नेभएको छ । प्राधिकरणले आगामी एक महिनाका लागि लागु हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्ने दुरसंचार प्रधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिनुभएको छ ।







