कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएकाहरु सम्पर्कमा आउन थाले

छहारी संवाददाता
चैत्र १२, २०७६

कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएकाहरु सम्पर्कमा आउन थालेका छन् ।

अहिलेसम्म एक सय जनाभन्दा धेरै सम्पर्कमा आइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार भाइरसको सङ्क्रमण भेटिएकी युवतीसँगै विमानमा एक सय ५८ जना थिए, उज्यालो अनलाइनले लेखेको छ ।

उनीहरुमध्ये केही सम्पर्कमा आउन बाँकी छ । सम्पर्कमा आउन बाँकी रहेकाहरुको खोजी भइरहेको छ । फ्रान्सबाट गएको ४ गते  कतार हुँदै नेपाल आएकी युवतीको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*