लकडाउनु अवज्ञा भएपछि जुम्लामा कर्फ्यु जारी

छहारी संवाददाता
चैत्र ११, २०७६

लकडाउनु कार्यान्वयन नभएपछि जुम्लामा निषेधाज्ञा जारी भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले  कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ । अनुमति प्राप्त गाडी, सुरक्षा र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्यमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी गर्नुभयो, उज्यालो अनलाइनले लेखेको छ । 

निषेधाज्ञा जारी गरेपछि अहिले जुम्ला सदरमुकाम बन्द भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधि र खाद्यबस्तु खरिद गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ । हेल्थ डेस्कहरुमा आजै नेपाली सेना खटाइएको प्रजिअ बञ्जाडेले जानकारी दिनुभयो ।

अहिले बाहिरबाट जिल्लामा भित्रने व्यक्तिहरु धमाधम आउने भएकाले जाँच गरेर मात्रै पठाइने गरिएको छ । जुम्लामा प्रवेश हुने बिन्दु नाग्ममा एकै दिन एक हजार दुई सय बढी व्यक्ति जुम्ला प्रवेश गरेका छन् । 

स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा। धिरज गुरुङको नेतृत्वमा टोली खटाएर सम्पर्क गर्न भनेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*