मोवाइल बैँकिङ र वालेटबाट हुने भुक्तानी कारोबारको सीमा बढ्यो 

छहारी संवाददाता
चैत्र १०, २०७६

नेपाल राष्ट्र बैँकले मोवाइल बैँकिङ र वालेटबाट हुने भुक्तानी कारोबारको सीमा बढाएको छ । आज भुक्तानी सम्बन्धी कारोबार गर्ने सबै संस्थाहरुलाई परिपत्र गर्दै राष्ट्र बैँकले मोवाइल बैँकिङ र वालेटबाट हुने कारोबारको सीमा बढाइएको जानकारी दिएको छ ।

राष्ट्र बैँकका भुक्तानी प्रणाली विभागका कायममुकायम कार्यकारी निर्देशक सुवासचन्द्र घिमिरेले मोवाइल बैँकिङ कारोबारको सीमा प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँ पु¥याइएको  जानकारी दिनुभयो । यसअघि प्रतिदिन ५० हजार रुपैयाँ र प्रति महिना २ लाख रुपैयाँमात्रै कारोबार गर्न पाइन्थ्यो ।

इन्टरनेट बैंकिङमा मर्चेन्ट पेमेन्टको प्रतिदिन १० लाख र प्रति महिना ३० लाख रुपैयाँ तोकिएको छ भने खाता ट्रान्सफरका लागि दैनिक १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ ।

वालेटबाट अन्य बैँक खातामा कारोबार बढाएर प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँसम्मको सीमा राष्ट्र बैंकले तोकेको घिमिरेले जानकारी दिनुभयो ।

एक वालेटबाट अर्को वालेटमा ट्रान्सफर गर्ने सीमा पनि र प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँ नै तोकिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*