अन्तराष्ट्रिय उडान आजबाट बन्द, लामो दूरीका सवारी भोलीबाट नचल्ने 

अत्याआवश्यक बाहेक सबै निजि तथा सरकारी कार्यालय २१ गतेसम्म बन्द 
छहारी संवाददाता
चैत्र ९, २०७६

कोभिड १९ नेपालमा आउन नदिन सरकारले आजदेखि अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको छ । 

आजदेखि अत्याआवश्यक बाहेक सबै निजि तथा सरकारी कार्यालय पनि २१ गतेसम्म बन्द हुने भएको छ । लामो दुरीका सार्वजनिक यातायात सेवा भने भोलीबाट मात्रै बन्द हुने छ, सीआईएनले लेखेको छ । ट्राफिक प्रहरीका अनुसार दुईसय ५० किलोमिटर सम्मका दूरीमा सवारीसाधन चल्नेछ भने त्यो बढिका (लामो दूरीका) सवारी साधन चल्नेछैन ।

नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट नेपाल आइपुगेका ६३ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्यारेन्टाइनमा राखिएको छ । अध्यागमन विभागमा हिजो बिहानदेखी दिउँसो सम्म आएका ६३ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै खरिपाटी क्वारेन्टाइन लगिएको अध्यागमन विभागले जनाएको छ ।

उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा १४ दिन राखिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सीआईएनसँग बताउनुभयो । दुबई कतार लगायतका देशमा रहेका नेपाली अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*