कोरोनाको असरः काँग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित

नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको तयारी चैत मसान्तसम्मलाई स्थगित गरेको छ ।
चैत्र मसान्तसम्मलाई महाधिवेशनको तयारीका लागि सुरु गरिएका क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको नेपाली काँग्रेसले विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
‘१४ औं महाधिवेशनको तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन) कार्य जारी राखिएका थिए । तर पछिल्लो समयमा अझ बढी जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन्,’ प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले अब सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीला भने सतर्कतापूर्वक विविध ढंगले जारी राख्ने शर्माले बताउनुभयो । कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलन कांग्रेसले यसअघिनै स्थगित गरेको थियो ।







