कोरोना भाइरसका बिरामी भेटिएको भन्ने सन्देश भ्रमपूर्णः नर्भिक अस्पताल

छहारी संवाददाता
चैत्र ८, २०७६

कोरोना भाइरस(कोभिड(१९)का बिरामी भेटिएको भनेर सामाजिक सञ्जालमा सेयर भइरहेका सन्देश भ्रमपूर्ण भएको नर्भिक अस्पतालले जनाएको छ ।

सामाजिक सञ्जालमा फैलाइएका सन्देश झुटो भएको स्पष्टिकरण दिँदै अस्पतालले खण्डन गरेको हो । आज विज्ञप्ति निकालेर अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले अफवाह फैलाउनु अपराधपूर्ण भएको भन्दै कानुनी कारबाही गर्न माग गर्नु भएको छ ।

नर्भिकमा अहिलेसम्म कोरोनाको संक्रमित नभेटिएको र त्यसको जाँच गर्ने व्यवस्था पनि नरहेको अस्पताल व्यवस्थापनले जनाएको छ, सीआईएनले लेखेको छ ।

यस्तै नेपाल प्रहरीले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने जनाएको छ । कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रम सिर्जना हुने खालका गलत सूचना दिए प्रहरीले कारबाही गर्ने नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले बताउनुभयो ।

बुधबार बसेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेको अध्यक्षतामा बसेको कोभिड(१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पनि सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*