कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठनको ६ सुझाव

मानसिक स्वास्थ्यलाई ध्यान दिनु
छहारी संवाददाता
चैत्र ८, २०७६

विश्व स्वास्थ्य संगठनले रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपीन र जीवनशैलीमा विशेष ध्यान दिन अपिल गरेको छ । 

जेनेभामा पत्रकार बिफ्रिङ कार्यक्रममा संगठनका महानिर्देशक अधानोम टेड्रोसले रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड नाइन्टिनको संक्रमण कम हुने भएकाले सबैलाई आफ्नो खानपीनमा ध्यान दिन आग्रह गर्नुभयो,हेल्थपाटी डटकमले लेखेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट बच्न स्वस्थ जीवनशैली अपनाउन दिएको सुझावहरु

१.खानपीनमा विशेष ध्यान दिन आवश्यक छ । पौष्टिक र सन्तुलित आहारको सेवन गर्नु ।

२ .अल्कोहल र पिय पदार्थ नखाने ।

३.धुमपानबाट टाढा रहने । धुमपानले विभिन्न किसिमका रोग उत्पन्न गराउने र प्रतिरोधात्मक क्षमता घटाउने भएकाले कोभिड नाइन्टिनको संक्रमण उच्च रहन्छ ।

४. शारीरिक व्यायाममा विशेष ध्यान दिनपर्ने । व्यायामले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने भएकाले शारीरिक व्यायामलाई प्राथमिकतामा राख्नुपर्नेमा विश्वस्वास्थ्य संगठनले जोड दिएको छ । दिनमा युवालाई ३० मिनेट र बच्चालाई एक घण्टा शारीरिक व्यायाम गर्न सुझाव ।

५.यो समय सकेसम्म घरबाट बाहिर निस्कने समय होइन । तपाई घरमा बसिरहनुभएको छ भने योग गर्नु,संगित सुन्नु,नाचगान गरेर स्र्फुत रहनु । यदी तपाई कार्यालय जानैपर्ने भए एउटै पोजिशनमा बसेर काम नगर्नु । प्रत्येक ३० मिनेटमा ३ मिनेट ब्रेक लिएर आफ्नो काम गर्नु  ।

६.मानसिक स्वास्थ्यलाई ध्यान दिनु । कोरोना भाइरसबाट नआत्तिनु । यसबारे तनाव नलिनु । संगीत सुन्नु,किताब पढ्नु । एक अर्कालाई सहयोग गर्नु । धेरै समाचारहरु नहेर्नु नसुन्नु । दिनमा २ पटक सही सूचना लिने माध्यमबाट सूचना लिने गर्नु । कोरोनाका बारेमा विश्व स्वास्थ्य संगठनले फेसबुक र वाट्स एप मार्फत सूचना प्रवाह गरिरहेको छ । अर्काे सातादेखि स्थानिय भाषाबाट पनि कोभिड नाइन्टिनका बारेमा शन्देश प्रवाह गर्नेछौ । बिल्कुलै नआत्तिनुस अहिलेको परिस्थित हाम्रो लागि सिक्ने र जान्ने मौका पनि हो । सबै एक भई डटेर अघि बढौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*