महिला तथा गरिवी निवारण समुह नेपालद्धारा माक्स वितरण

छहारी संवाददाता
चैत्र ८, २०७६

महिला तथा गरिवी निवारण समुह नेपालले आज हेटौंडा ५ का स्थानियहरुका लगि करिव ४ सय थान माक्स वितरण गरेको छ । 

हेटौंडा ५ का वडाध्यक्ष राजेश वानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न माक्स वितरण कार्याक्रममा आवश्यकता भन्दा वढि स्थानियको चाप बृद्धि भएका कारण अव सोमवार देखि समुह नेपालकी अध्यक्ष ईन्दिरा न्यौपानेले आफ्नै निजी भवन तथा गरीबि निवारण समुह नेपालको कार्यालायबाट माक्स वितरण गरिने बताउनुभएको छ । 

 वडाध्यक्ष वानियाँले कोरोना संक्रमणबाट बच्नका लागि आफ्नो व्यक्तिmगत सरसफाइमा ध्यान दिँदै सकेसम्म भिडभाडमा नजान अनुरोध गर्नुभएको छ । समुह नेपाल करिव डेढ दशकखेदि निरन्तर महिला, आयआर्जन क्षेत्र लगायत ग्रामिण क्षेत्रको गरिवी निवारण जसता सामाजिक काममा निरन्तर क्रियाशिल रहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*