कोरोना असरः मनकामना मन्दिरमा पूजा गर्न रोक, केवलकार सेवा बन्द 

छहारी संवाददाता
चैत्र ८, २०७६

चित्र बहादुर गुरुङ, मनाकामना एफ.एम.गोरखा / गोरखामा रहेको पवित्र धार्मिक स्थल मनकामना माईको मन्दिरमा हिजोदेखि दर्शनार्थीलाई पूजा गर्न रोक लगाइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सतर्कता अपनाउदै हिजोदेखि मनकामना मन्दिरमा दर्शनार्थीलाई पूजा गर्न रोक लगाइएको हो ।

बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिले विभिन्न बुदाहरुमा निर्णय गर्दै अर्को निर्णय नहुँदा सम्म मनकामनामा मन्दिरमा सर्व साधारणको लागि पुजा गर्न रोक लगाएको हो । दर्शनार्थीलाई पूजा गर्न रोक लगाए पनि मन्दिरमा नित्य पुजा र साँझको आरती भने हुने छ ।

साथै आउदै गरेको चैते दशैको पर्व पुजा बाहेक अन्य पुजा रोकिने मनकामना मन्दिरका मुख्य पुजारी ईन्सानबहादुर थापाले बताउनुभयो ।

यसैबिच हिजैदेखि मनकामना केवलकारको सेवा पनि बन्द भएको छ । मनकामना केवलकार सेवा भने आगामी चैत ३० गते सम्मका लागि बन्द गरिएकोे छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*