कालोबजारी गर्नेलाई पाँच वर्ष जेलः नेपाल सरकार

छहारी संवाददाता
चैत्र ८, २०७६

खाना पकाउने ग्याँस लगायत दैनिक उपभोग्य सामग्रीमा कालोबजारी गरे सरकारले कारबाही गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीबीच हिजो बसेको बैठकले ग्याँस र उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई ५ वर्षसम्म कैद सजाय गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो, सीआईएनले लेखेको छ ।

सरकारले खाद्यान्न अभाव भए हेलिकप्टरबाट भएपनि ढुवानी गर्ने र कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने निर्णय पनि बैठकमा गरिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*