अत्यावश्यक बाहेकका सबै सेवाहरु आगामी चैत २१ गतेसम्म बन्द गरिए

नेपाल सरकारले आज देशबाशीका नाममा सम्वोधन गर्दै अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिएको छ ।
आज साँझ शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द हुने बताउनुभएको हो । राजपत्रमा प्रकाशन गरी अत्यावश्यक सेवाहरु प्रकाशन समेत गरिसकेको छ ।
राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरु यस प्रकार छन्।
डाँक तार वा टेलिफोन सेवा
१.जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
२.हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
३.हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
४.प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
५.हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
६.सञ्चार सेवा
७.आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
८.खानेपानीको सञ्चालन तथा वितरण सेवा
९.पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
१०.पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
११.अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी ९एम्बुलेन्स सेवा जस्ता सेवाहरु०
१२.औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
१३.फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
१४.बैंकिंङ सेवा
१५.बीमा सेवा
१६.विद्युत सेवा
१७.दैनिक उपभाग्य वस्तुहरू खाद्यान्न, दाल चामल नुन तेलको पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।







