गोकुल बास्कोटाको घरमा बम बिस्फोट गर्ने तीन जना पक्राउ

छहारी संवाददाता
चैत्र ७, २०७६

पूर्व सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट गराउने तीन जनालाई अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ४ का ३१ वर्षका अमृत बहादुर कुमाल क्षेत्री, टिकापुर ८ का ३१ वर्षका लक्ष्मण सेट्ठी र कालीकोट त्रिवेणी गाउँपालिका ८ का २७ वर्षका अविषेख भनिने टेक विक रहेको महाशाखाका सूचना अधिकारी एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 

उनिहरु नेकपा माओवादी विप्लब समुहका मध्य कमाण्डो ब्यूरोका कायकता रहेको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाएको छ । उनिहरुले भक्तपुर लोकन्थली १ मा रहेको बास्कोटाको घरमा गत फागु २८ गते बम बिस्फोट गराएका थिए ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*