कोरोना भाइरसः कैदीलाई रिहा गर्ने नगर्ने बारे छलफल सुरु 

छहारी संवाददाता
चैत्र ७, २०७६

सांसद् र संसदीय समितिले सजाय कटाउन थोरै समय बाँकी रहेका कैदी बन्दीलाई घर पठाउने बारेमा छलफल सुरु गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) फैलिएमा नेपालका कारागार र बाल सुधार गृह जोखिममा पर्ने आँकलन गरि यस्तो कदम चाल्न छलफल सुरु गरिएको हो । यद्यपी सरकार भने अहिले नै यसो गर्ने पक्षमा छैन, सीआईएनले लेखेको छ ।

कोरोनाको संक्रमण फैलिएपछि इरान लगायतका देशले कैदीबन्दी छाडेको अभ्यासलाई आधार मानेर नेपालमा पनि यसलाई लागु गर्न खोजिएको हो ।

नेपालमा रहेका ७४ कारागारमा १६ हजार कैदी बन्दीको क्षमता भए पनि २४ हजार तीन सय २६ स्वदेशी तथा विदेशी कैदीबन्दी राखिएका छन् । यसलाई मध्यनजगर गर्दै प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो ।

नेपालमा रहेका आठवटा बालसुधार गृहमा आठ सय २१ बालबालिका छन् । कोरोना भाइरसको सङ्क्रमणको सम्भावना र जोखिमको मूल्याङ्कल गर्दै संसदीय समिति कैद भुक्तान गर्न थोरै समय बाँकी रहेकालाई घर पठाउन तयार भए पनि सरकार भने हतारमा यस्तो निर्णय गर्ने पक्षमा छैन । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*