कोरोना भाइरसः सर्वाेच्च अदालतमा आजका सबै मुद्दाको सुनुवाई स्थगित

सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै आजका मुद्दाको सुनुवाइ स्थगन गरेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले आजका सम्पूर्ण सुनुवाइ स्थगन गरेको हो, सीआईएनले लेखेको छ ।
आज बिहान ११ बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । सर्वोच्च अदालतले बारको अपिललाई ध्यानमा राख्दै आजका लागि पूर्ण बैठक तय गरको हो ।







