कोरोना भाइरसः सार्वजनिक सवारी संचालनका लागि रुट पर्मिट खुला

सार्वजनिक सवारीसाधन सञ्चालनका लागि आजदेखि सवारीसाधन सञ्चालन अनुमति लिनु नपर्ने भएको छ । एक महिनाका लागि देशभर रुट पर्मिट खुल्ला गरिएको छ ।
कोरोना भाइरसको प्रभावले यात्रुलाई आवतजावत गर्न सार्वजनिक सवारीसाधन अभाव नहोस् र भीडभाड कम होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशन गोगनबहादुर हमालले बताउनुभयो, सीआईएनले लेखेको छ ।
विभागले नेपाल–भारत संचालन हुँदै आएका सबै बस सेवा बन्द रहने पनि जनएको छ । यसैबीच नयाँ लाइसेन्सका लागि आवेदन लिने र ट्रायल दिने कार्य स्थगित गरिएको छ । आजदेखि लाइसेन्स नवीकरण र प्रतिलिपीबाहेक अन्य सेवा बन्द हुने हमालले बताउनुभयो ।







