कोरोना भाइरसः पाँच स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गरिँदै 

छहारी संवाददाता
चैत्र ७, २०७६

सरकारले कोरोना भाइरसबारे सावधानि अपनाउँदै आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ ।

उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो, सीआइएनले लेखेको छ ।

हिजो सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी गराउनुभएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने मन्त्री भट्टले बताउनुभयो । सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइनेछ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*