कोरोना भाइरसः विश्वभर १० हजार भन्दा बढी मानिसको मृत्यु

चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै 
छहारी संवाददाता
चैत्र ७, २०७६

कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै दुई लाख ४५ हजार ३३ जना सङ्क्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ, उज्यालो अनलाइनले देखेको छ ।

कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै पुगेको छ । चीनमा तीन हजार दुई सय ४५ जनाको ज्यान गएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन् ।

इटलीमा पछिल्लो २४ घण्टामा चार सय २७ जनाले ज्यान गुमाएका छन भने पाँच हजार तीन सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ४१ हजार ३५ जना सङ्क्रमित भएको इटलीमा चार हजार चार सय ४० जना उपचारपछि निको भएका छन् ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*