बिहानै भूकम्पको धक्का महसुस
छहारी संवाददाता
चैत्र ७, २०७६

काठमाण्डौ आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । जसको धक्का काठमाण्डौ आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।







