अबैध रुपमा खोलाको उत्खनन् गर्ने करिब ७० सवारी साधनहरु कारबाहीमा

हेटौंडा उपमहानगरपालिकाको समातिएका सवारी साधनहरु मात्र दण्ड जरिवानाको दायरामा परेनन्
छहारी संवाददाता
चैत्र ६, २०७६

सम्झना घिमिरे – मकवानपुर जिल्लाका वन क्षेत्र तथा खोलामा अबैध रुपमा खोलाको उत्खनन् गर्ने र ओसार पसार गरेका करिब ७० सवारी साधनलाई चालु बर्षमा डिभीजन वन कार्यालयले नियन्त्रणमा लिई कारबाही गरेको छ । 

डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेका अनुसार आठ महिनाको अवधिमा ६९ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । २०७६ साल साउन ३ गते देखि यही चैत १ गते सम्ममा नियन्त्रणमा लिएका अधिकांश सवारीका साधनलाई कार्बाही गदै जरिवाना लिएर छाडिएको छ ।

 आ व ०७५।०७६ को जेठ देखि असार मसान्त सम्ममा भने ९ वटा सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको कार्यालयले जनाएको छ । विना प्रमाण पुर्जि अवैध रुपमा निषोधित स्थानबाट नदिजन्य पदार्थको उत्खनन् ओसार पसार गरेको स्थानबाट वन कार्यालयले नियन्त्रणमा लिने र जिल्ला समन्वय समिति मकवानपुरले दण्ड जरिवाना गरेवापत चालु आवको आठ महिनामा १० लाख ४५ हजार राजस्व संकलन गरिसकेको छ भने गत आवको अन्तिम महिनामा ५५ हजार राजस्व उठाउन सफल भएको छ ।   

नियन्त्रणमा लिईएका सवारि साधन मध्ये हेटौंडा उपमहानगर पालिकाको गत चैतको १ गते समातिएका ५ वटा सवारी साधनहरु मात्र दण्ड जरिवानाको दायरामाा पारिएका छैनन् । 

 वन क्षेत्र र खहरेखोलाबाट नियन्त्रणमा लिइएका मध्ये बकैयाँ गाउँपालिका वडा नम्बर ६ कालिवन वनक्षेत्रमा उत्खनन् गरिएको सवारीका साधन र यसमा संलग्न संघीय सांसद बहादुर सिंह तामाङ सहितलाई मुद्धा दायर गरिएको लामिछानेले वताउनुभयो । यस भन्दा बाहेकका क्षेत्रका सवैलाई जरिवानाको भरमा मात्र छोडिएको जानकारी गराउनुभयो ।  

जिल्ला समन्वय समितीको प्रमुख संयोजक रहने गरि बनाइएको नदिजन्य पदार्थको उत्खनन् सम्वन्धि अनुगमन समितीले प्रथम पटक कारवाहीमा परेको सवारि साधन (ट्याक्टर)लाई पाँच हजार, दस्रोपटक कारवाहीमा परेको सवारी साधनलाई १० हजार र तेस्रो पटक कारवाहीमा परेका सवारी साधनलाइ भने २० हजार जरिवाना तोकेको छ ।

हालसम्मा कारवाहीमा परेका सवारी साधनहरु मध्ये तेस्रो पटक भने हेटौंडा १५ चित्रेपानि सामुदायिक वान उपभोक्ता समुहको वालुवा र ग्राभेल बोकेको ट्याक्टर मात्र परेको छ भने दोस्रो पटक कारवाहीमा पर्ने न्युन संख्यामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*