नेपालबाट भारततर्फ लैजादै गरिएको २० हजार मास्क सहित दुईजना पक्राउ
-1584546921.jpg)
नेपालबाट लुकाइछिपाई भारततर्फ लैजादै गरिएको २० हजार पिस मास्कसहित पर्साबाट दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३८ का सुलिन जैसवाल र वर्ष २६ का अजय महतो कोइरी रहेका छन् । पक्राउ परेका दुबैले काठमाडौँबाट मास्क खरिद गरी बसमा लोड गरेर भारततर्फ लगिरहेको अवस्थामा पोखरिया नगरपालिका वडा नम्बर ४ बाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी गराउनुभयो । कोरोना भाइरस कोभिड १९ को बढ्दो सन्त्रासका कारण नेपालबाट मास्क खरिद गरी भारततर्फ लैजान लागिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो।







