प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन धरौटीमा रिहा

छहारी संवाददाता
चैत्र ६, २०७६

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा ५०० रुपैयाँ धरौटीमा रिहा भएका छन्।

बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तिरुवालाई रिहा गर्न आदेश दिएका हुन्  । राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारी फाउण्डेशनद्वारा आयोजित स्मृतिसभामा फागुन १८ गते तिरुवाले दाहालमाथि जुत्ता हानेका थिए  ।  जुम्लाको सिंजा गाउँपालिका–२ का तिरुवाले ‘प्रचण्डले वर्ग संघर्षको कुरा गर्दा आफूलाई चित्त नबुझेपछि जुत्ता हानेको’ प्रहरीलाई बयान दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*