एसईइ परिक्षा लगायत सबै विश्वविधालयबाट संचालन हुने सम्पुर्ण परिक्षा स्थगित

छहारी संवाददाता
चैत्र ६, २०७६

सरकारले आज एसईइ परिक्षा लगायत त्रिभुवन तथा सबै विश्वविधालयबाट संचालन हुने सम्पुर्ण परिक्षा स्थगित गरेको छ ।  
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो । सत्तारुढ पार्टिलाई व्यापक दबाबपछि एसईई परीक्षा पनि स्थगित गरेको छ ।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका छन् । नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको छ । यसअघि सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन समेत निर्देशन जारी गरेको छ साथै सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

  यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले सुझाव दिएपछि एसइई परीक्षा स्थगित भइसकेको छ । सम्बन्धित समाचार नेकपा सचिवालयको सुझाव  चैतमा हुने सबै परीक्षा स्थगित गरौ भन्ने रहेको छ । विश्वविद्यालयको परीक्षासम्बन्धीमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको केही घण्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*