भरतपुरमा तीन दिन भित्र ७० शैयाको अस्थायी अस्पताल निर्माण सुरु: रेणु दहाल

छहारी संवाददाता
चैत्र ४, २०७६

कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा तीन दिन भित्र ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दहालले जानकारी दिनुभएनुसार ७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल निर्माण गरिने भइको हो । आजैको दिनदेखि समय सुरु गरिएको बताउनुहुँदै प्रमुख दहाललेले भन्नुभयो हामी ७२ घण्टाभित्र अस्पतालको सेवा सुरु गर्नेछौ ।’ 

भरतपुर स्थित उद्योग संघको सभाहल क्षेत्रमा निर्माण हुने अस्थायी अस्पतालमा १० वटा आइसियू, १० वटा एचडियू र ५० वटा जेनेरल बेड रहनेछन् । आज दहालको नेतृत्वमा चितवन उधोग संघमा बसेको बैठकले अस्पतालको व्यवस्थापनको लागि १३ जनाको टोली गठन भएको छ। भरतपुर महानगरपालिका र निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल निर्माण हुन लागेको उहाँले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*