प्रदेश २ को नामाकरणको लागि निर्वाचन हुँदै

आज प्रदेश २ को नामाकरणको लागि निर्वाचन प्रक्रिया सुरु भईसकेको छ । आज भने नेकपाले दर्ता गराएको जानकी प्रदेशको लागि निर्वाचन हुन लागेको हो । प्रदेशको नामाकरण गर्न लामो समय कुर्नुपरेको प्रदेश २ ले आज निर्वाचन मार्फत नामाकरण घोषणा समेत गर्नेछ ।
प्रदेशको नाम जानकी राख्ने कुरामा नेकपाले दर्ता गराएको प्रस्ताव फिर्ता नलिएपछि जानकी प्रदेशको लागि निर्वाचन सुरु भएको हो । जानकी प्रदेशको लागि समर्थन भएपछि अन्य नामको लागि निर्वाचन नहुने र यदि नामको लागि दुई तिहाई नजुटेपछि मात्र अर्को प्रस्तावित नामको लागि निर्वाचन हुने सभामुख सरोज यादवले जानकारी दिनुभएको छ ।
प्रदेशको नामको लागि नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्षले मधेश प्रदेश र केही सांसदले मध्य मधेश नाम दर्ता गराएका छन् ।







