उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास तथा खाध सामाग्री ओसार्न थालेपछि

छहारी संवाददाता
चैत्र ४, २०७६

कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास, खाध सामाग्री राख्न थालेपछि हेटौंडा बजारमा केही समस्या सिर्जना भएको छ । 
कोरोना भाईरसको कारण सीमा नाकाहरु बन्द रहन सक्ने र दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन्छ भन्ने डरमा हेटौंडा बजार क्षेत्रका मात्र नभई ग्रामिण क्षेत्रका उपभोक्ता समेत खाध सामाग्री लगायत इन्धनको स्रोत समेत आफ्नो घरमा स्टक राख्न तल्लिन रहेका छन् ।

हेटौंडा १२ की अप्सरा रिजाल सधैं एक महिनाका लागि खाधान्न लाने गर्थिन तर यस पटक उनले करिब ३ महिनाको लागि पुग्ने खाधन्न स्टक गरिसकोको बताउछिन । उनि भन्छिन, नेपालमा कोरोना भित्रने प्रवल सम्भावना रहेको छ , यसको लागि आफ्नो जोहो आफुले नगरे चार पाँच बर्ष अघि मात्र भोग्नुपरेको नाकाबन्दिको अवस्थामा पुग्न सकिन्न भन्न सकिन्न । उनीले जस्तै गरी ३।४ बोरा चामल, १५।२० लिटर तेल, दाल, कम्तीमा तीन चार महिना पुग्ने खाधान्न लगायत एउटै व्यक्तिले ३।४ वटा ग्यास सिलिण्डर ओसारेको पाईएको छ । 

ग्यास व्यवसायी संघ बागमती प्रदेशका उपाध्यक्ष विनोदमान श्रेष्ठले साधारण खपत भन्दा बढी ग्यास आयात भइरहेको र आवश्यकता भन्दा वढि मानिसहरुले लगिरहेको पाईएकोमा दुख व्यक्त गर्दै उपभोक्तालाइ नआत्तिन अनुरोध गर्नुभएको छ । साहारा ग्याँसका डिलर राखेर व्यवसाय गरिरहनुभएको उहाँ भन्नुहुन्छ साहारा ग्याँसको अभाव हुन्न । 

उहाँका अनुसार आफ्नै डिलर बिशाल ग्यास हाउस एण्ड सप्लायर्सबाट पहिला महिनामा १६ सय सम्म ग्याँस विक्रि गरिरहेको तर हाल २ हजार भन्दा बदि ग्याँस विक्रि भईरुहेको छ । उपभोक्ताहरु अत्तालिएर एउटै घरका व्यक्ती पिच्छे आउने गर्दा स्वयं उपभोक्ताहरुले नै अभावको सिर्जना गरेका छन । उहाँका अनुसार दैनिक हाल १०० जना भन्दा बढि उपभोक्ता आउछन जवकि पहिला ५०।६० मुस्किलले आउने गर्थे । श्रेष्ठले आम उपभोक्तको हितलाई ध्यानमा राख्दै हेटौंडा बजारमा आपूर्ति व्यवस्था सहज राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

कोरोनाको प्रभाव नेपाल परेपछि के हुने हो भन्ने त्रासका कारण केही उपभोक्ताले ग्यास सञ्चय गरेको र अन्य केही उपभोक्तले तत्काल पाउन नसकेका कारण यो अवस्था आएको पाइएको हो 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*