दुबई पठाइदिन्छु भनि १० लाख ठगी गर्ने पक्राउ

छहारी संवाददाता
चैत्र ४, २०७६

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलिले दुबई पठाइदिन्छु भनि साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जनालाइ पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भइ हाल काठमाडौ रानिवन बस्ने ३८ वर्षका सुनिल भनिने शिव कुमार घर्ती मगर रहेको महाशाखाका सूचना अधिकारी एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 

मगरले दुबईमा आकर्षक तलब पाउने गरी वर्किङ भिसामा पठाइदिने भन्दै ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ ठगी गरेको उहाँले बताउनुभयो । 

लामो समयसम्म पनि भिसा नलागेपछि रकम बुझाएका युवाहरुले आफूहरु ठगिएको भन्दै अपराध महाशाखामा उजुरी दिएको र उनिहरुको उजुरीका आधारमा महाशाखाको टोलीले मगरलाई काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*