राप्ती खोलाले कटान गरेको क्षेत्रमा कागज उधोग बनाउने योजनामा प्रदेश सरकार

बागमती प्रदेशको उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयले मनहरी गाउपालीका स्थित राप्ती खोला किनारमा कागज कारखाना निर्माण गर्ने उद्देश्यले डिपिआर तयार गरेको छ ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा सार्वजनिक निजि साझेदरीमा कागज कारखाना निर्माणका लागी प्रदेश सरकारले रजैया क्षेत्रमा चार सय रोपनी जग्गाको तटबन्धन गर्न ५० लाख रुपैँया खर्च गर्ने मोडेल सहीतको डिपीआर निर्माण गरेको मन्त्रालयले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा उम्रीएर खेर गईरहेका घास, खर, खराईलाई कच्चा पदार्थको रुपमा उपयोग गरी कागज बनाउने उद्धेश्यका साथ प्रदेश सरकारले बहुबर्षिय योजना अनुरुप निजि क्षेत्रको समेत लगानिमा सुरु गरीएको उधोग अधिकृत हेम कमार पाठकले बताउनुभयो ।
अबको पाँच बर्ष पुर्वाधार निर्माणमै बित्ने बताउँदै पाठक भन्नुहुन्छ प्रदेश सरकारले उधोगको भौतिक संरचना निर्माणमा दुई करोड खर्चिनेछ । करीब २ अर्वको लागतमा निर्माण हुने भनिएके उद्योगमा प्रदेश सरकारको २० प्रतिशत र निजी क्षेत्रको ८० प्रतिशत लगानी रहने मन्त्रालयका उद्योग शाखा अधिकृत हेम कुमार पाठकले जानकारी दिनुभयो ।
प्रदेशलाइ कागजमा आत्मनिर्भर बनाउजे उद्धेश्य राखिएको र १५ सय जना यस उधोगबाट प्रत्यक्ष लाभ लिन सक्ने समेत मन्त्रालयले जनाएको छ ।
कागज बनाउन चाहिने कच्चा पदार्थका लागी प्रदेश सरकारले मनहरीमा यसवर्ष एकलाख बाँसका विरुवा रोप्ने बताईएको छ ।







