मेयर महतले माफि मागेपछि स्काईभेटर र जेसिवि छाडियाे

विकास निर्माणका क्रममा व्यवहारिक पक्ष हेरिनु पर्छ र कानुनी रुपमा पनि अाँखा चिम्लनु पर्छ भन्दै हेटाैडा उपमहानगरपालिकालाई माफ गरिएकाे छ ।
अाज जिल्ला समन्वय समितिमा बसेकाे ढुङ्गा गिट्टि वालुवा अनुगमन समितिका संयाेजक तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालकाे अध्यक्षतामा बसेकाे बैठकले हेटौडा उपमहानगरपालिकले अाफ्नाे गल्ति स्विकार गरेपछि अबैध रुपमा खहरे उत्खननमा प्रयाेग भईरहेकाे अवस्थामा नियन्त्रणमा लिईएकाे टिपर तथा जेसिवि छाेडिने निर्णय गरेकाे छ ।
समितिका संयाेजक रघुनाथ खुलालले प्राप्त अधिकारको ठिक प्रयोग नगरी ऐन नियम कार्यविधि पद्धति तरिकाको ख्याल नगरि जवरजस्ती खोला खहरेवाट अवैद्य उत्खनन् गर्न पठाउन पर्छ भन्ने स्थानिय सरकार (गाउपालिका, एवं हेटौंडा उपमहानगरपालिका) को वुझाई र व्यवहार सान्दर्भिक नभएको ठहर गर्दै यस्तो प्रकारको सोचाई वुझाई त्याग्न स्थानिय सरकारलाई आग्रह गर्ने बताउनुभयो ।
अबका दिनहरुमा विकास निर्माणका कार्यहरुमा अावश्यक सहकार्य र समन्वय गरेर मात्र बढ्ने प्रतिबद्दता व्यक्त गर्दै नगर प्रमुख शरि बहादुर महतले कानुनलाई मिचेर काम नगर्ने समेत बताउनुभएकाे छ ।
बैठकमा अापसि समन्वय नभएकाे र प्रारम्भिक वातावरण प्रभाव प्रतिवेदन तयार नगरी नै उत्खनन् कार्यमा संलग्न साधनलाई नियन्त्रणमा लिईएकाे र अमर्यादापुर्वक व्यवहार भएकाे भन्दै अा अाफ्नाे पदिय मर्यादा राख्नुपर्ने निर्णय समितिले गरेकाे छ ।
ढुङ्गा गिटी वालुवा जिल्ला अनुगमन समितिद्धारा नियमित अनुगमनका लागि डिभिजन वन कार्यालय हेटौंडाका कार्यालय प्रमुख ईमनाथ पौडेलको नेतृत्वमा गठित उप समितिले अनुगमनको क्रममा हेटौंडा उपमहा नगरपालिका–१८ वाट अनाधिकृत रुपमा ढुङ्गा गिटि उत्खनन् गरिरहेको अवस्थामा फेला परेर उक्त एक्साभेटर र टिपर नियन्त्रणमा लिएको थियो ।
नदि जन्य पदार्थकाे उत्खनन् स्थानिय सरकारलाई सम्पुर्ण अधिकार भएपनि उत्खनन् गर्नु अघि विविध प्रक्रिया पूरा गर्नुपर्ने र प्रारम्भिक वातावरणिय प्रभाव मुल्यांकन समेत नगरी नदि जन्य पदार्थकाे उत्खनन् गर्नु हेटाैडा उपमहानगरपालिकाकाे गलत कार्यप्रति समितिले दवाव सिर्जना गरेपछि मेयर हरिवहादुर महतले गल्ति स्विकार्नु भएकाे थियाे ।
प्राकृतिक स्रोत साधनको संरक्षण गर्न र त्यसको उचित प्रयोग गर्न डिभिजन वन कार्यालय हेटौडाले आफ्नो कार्यक्षेत्र र अधिकारलाई उचित प्रयोग र निगरानी गर्दा आई ई ई नगरिएको स्थानबाट उत्खनन् गरिरहेको अवस्थामा हेटौडा उपमहानगर पालिका को प्रदेश ३-०३-००१ग ००१२ र ना १ ग ०८४नम्बरको हेटौडा उपमहानगर पालिका लेखिएको टिफर सहित उत्खनन् गरिरहेको एउटा जेसिबी समेत नियन्त्रणमा लिएको थियाे ।
पटक पटक डिभिजन वन कार्यालय मकवानपुरले उक्त कार्य गलत रहेको र तत्काल उक्त कार्य नगर्न नगराउन जानकारी गराउदा समेत अटेर गरी उत्खनन् कार्य नरोकिएका कारण टिफर तथा जेसिबी नियन्त्रणमा लिनु परेको डिभिजन प्रमुख इमनाथ पौडेलले बताउनु भयो ।
बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनि, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, डिभिजन वन कार्यालय प्रमुख ईमानाथ पाैडेल, डिभिजन वन कार्यालय राप्ति प्रमुख दिर्घनारायण काेईराला हेटाैडा उपमनपा प्रमुख हरिबहादुर महत, मनहरि गाउपालिका अध्यक्ष एकराज उप्रेती , सुरक्षा निकाय प्रमुख लगायतकाकाे सहभागिता रहेकाे थियाे ।







