कोभिट १९ नमुना परीक्षण प्रयोगशाला निर्माणमन संघिय सरकारले दियो सातै प्रदेशलाई निर्देशन

छहारी संवाददाता
चैत्र २, २०७६

 नोभेल कोरोना भाइरस जाँचका लागि नमूना परीक्षणका प्रयोगशाला निर्माण गर्न भाईरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको छ।

कोरोना संक्रमित  बिरामीलाई केन्द्रमा पठाउने कार्य जोखिमपूर्ण र जटिल हुने बिषयलाई मध्यनजर गर्दै समितिले आज आइतबार सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुका साथमा सिंहदरबारमा कोरोना भाइरस जाँचका लागि नमूना संकलन गरेर वा  प्रदेशमै प्रयोगशालाको निमार्ण गर्न निर्देशन दिएको हो ।

समितिले भारतसँग जोडिएका नाकाहरुको निगरानीमा थप कडाई गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो । उहाँका अनुसार समिति बैठकले कोरोनाको त्रासमा खाद्य आपूर्ति बन्द हुने अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक सामाग्री ‘फास्ट ट्रयाक’ बाट खरिद गर्ने निर्णय पनि गरेको छ।

बैठकले कोरोनाको उपचारमा खटिने चिकित्सकको बीमा गर्ने निर्णय समेत गरेको छ। नेपालमा हाल कोरोना भाईरस परिक्षण काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै जाँच हुदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*