सार्क राष्ट्रबीच अाज साँझ भिडियाे वार्ता हुँदै

कोरोनाभाइरसको महामारी विरुद्ध लड्न एकजुट
छहारी संवाददाता
चैत्र २, २०७६

कोरोनाभाइरसको महामारी विरुद्ध लड्न साझा रणनीति तयार गर्न अाज आइतबार नेपालि समयअनुसार साँझ ५:१५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने प्रस्ताव अघि सार्नुभएपछि
विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका हुन् ।

नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्री मोदीको प्रस्तावमा समर्थन जनाउनुभएकाे थियाे । मोदीको प्रस्तावलाई सार्क राष्ट्रहरुले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पछिल्लो तथ्याङ्क अनुसार भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसको संक्रमणबाट भारतमा २ जनाले ज्यान गुमाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*