सरकारले गर्याे नेपाल भ्रमण वर्ष २०२० रद्द

छहारी संवाददाता
चैत्र २, २०७६

कोरोना भाइरसको संक्रमणले विश्वभर संकट आएपछि
सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ ।

भ्रमण वर्ष स्थगित गरेको सरकारले रद्द नै गर्ने टुंगो लगाइसकेको छ । यसको अन्तिम निर्णय भने यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बुझिएको छ ।

काेराेना भाईरस संक्रमणकै कारण अाजै देखि हवाई यातायात मार्फत नेपाल अाउने सम्पुर्ण यात्रिहरु १४ दिनसम्म क्वारेन्टाईनमा बस्नुपर्ने समेत निर्णय गरेकाे छ ।
सरकारले हिमाल आरोहणमा समेत एक महिनाका लागि रोक लगाएको छ । वसन्त ऋतुमा यसवर्ष हिमाल आरोहण नहुने सम्भावना रहेको छ ।

सरकारी स्रोतका अनुसार कोरोनाले विश्व महामारी घोषणा भइरहेको अवस्थामा रद्द गर्नुनै ठिक हो भन्ने टुंगोमा पुगेको हो । अबको मन्त्रिपरिषद् बैठकमा रद्दको प्रस्ताव लगि निर्णयमा पुगिने स्रोतको भनाई छ ।

भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने सरकारको योजना थियो । तर, कोरोना भाइरसका कारण दुई महिनायता पर्यटक निकै घटेका थिए । पर्यटनको मौसम आइसक्दा व्यवसाय समेत धराशायी अवस्थामा पुगेकाे छ । यसबाट सरकारले करोडौ नोक्शान पर्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*