बसकाे ठक्करबाट ल्याब टेक्निसियन ठाकुरको मृत्यु

छहारी संवाददाता
चैत्र १, २०७६

पुष्पाञ्जली हस्पिटल भरतपुरका ल्याब टेक्निसियन बाराको परवानीपुर २ मुसहर गाउँ निवासी १९ वर्षीय राजिव ठाकुरको गय राति भएकाे दुर्घटनामा मृत्यु भएकाे छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरकाे पछाडि सवार ठाकुरकाे मृत्यु भएको छ भने स्कुटर चालक गम्भीर घाइते भएका छन् । ठक्करबाट गम्भीर घाईते भएका टेक्निसियनकाे उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*