स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रमा पाँच महिनादेखि अाैषधिकाे अभाव

नेपाल सरकारद्वारा निशुल्क वितरण हुुनेे ७० आैषधि मध्ये ५ थरि मात्र स्टकमा
छहारी संवाददाता
चैत्र १, २०७६

सम्झना घिमिरे / वागमती प्रदेशको स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र हेटौंडामा विगत पाँच महिनादेखि औषधिको अभाव भईरहेको छ ।

मुलुक संघिय संरचनानुसार व्यवस्थापन भएपछि पहिलो पटक प्रदेश सरकार मार्फत औषधि खरिद प्रक्रियामा अघि बढ्दै गरेको आपुर्ति केन्द्रमा गत बर्ष औषधि खरिद नहुँदा यस वर्षको मध्यदेखिनै सरकारबाट निशुल्क वितरण हुने ७० प्रकारका औषधिको अभाव भएको पाईएकाे केन्द्रका निर्देशक बसन्त अधिकारी बताउनुहुन्छ ।

केन्द्र सरकार तथा प्रदेश सरकारबाट औषधिको आपुर्ति हुने केन्द्रमा हाल संघिय सरकार मार्फत समेत औषधि नआउदा प्रदेशका प्राय सबै अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा निशुल्क प्राप्त हुने औषधिहरुमा पारासिटामोल, परिवार नियोजनमा अस्थायी साधन, वालबालिकालाइ लगाइने खोप, प्रेसरको औषधि एम्लोटिपीन बाहेकका अन्य औषधिहरुको कुनै पनि स्टक नरहेको अधिकारीले जानकारी गराउनु भयो ।

यस आर्थिक बर्षका लागी औषधि खरिदका लागी केन्द्रमा संघिय सरकार मार्फत २ करोड २० लाख र प्रदेश सरकारबाट ५ करोड गरि जम्मा ७ करोड ५० लाख बजेट विनियोजन भएको छ । औषधि खरिद गर्न टेन्डर प्रक्रिया मंशिर महिनामा सुचना प्रकाशन गरेपनि हालसम्म टेन्डर स्विकृत हुन सकेको छैन ।

केन्द्रले टेण्डर आव्वहान पछि तीन प्याकेजबाट अघि बढाइएको खरिद प्रक्रियाका लागि एउटा मात्र प्याकेज सफल भई ब्ल्युमुन फार्मेसी मेडिकल सप्लायर्स काठमाण्डौंसंग सम्झौता अघि बढाईसकेकाे छ । भने
यस अार्थिक बर्षकाे अन्त्य सम्म अाईसक्दा पनि अन्य दुई प्याकेजका टेन्डर प्रक्रिया पहिलाे पटक सुचना प्रकाशन हुँदा सफल हुन नसकेकाे कारण अझै सुरु भईसकेकाे छैन ।

सम्झाैता भएकाे सप्लायर्ससँग पाैष ९ गते सम्झाैता भएपनि उत्पादन कार्य हुँदैछ भन्दै हालसम्म सप्लायर्सले अाैषधि नपठाएकाे निर्देशक अधिकारी बताउनुहुन्छ ।

अन्य दुई प्याकेजका टेन्डर भने प्रदेश सरकारकाे सफ्टवेयरले काम नगर्दा अागामि चैत २ गते मात्र खुल्ने भएकाे छ ।

हाल उक्त केन्द्रमा स्टक रहेका अाैषधिहरुमा ईप्लान्ट ३४ सय थान, अाईयुसिडि ६३ हजार ३ सय, वारेस जिवनजल १ लाख १५ हजार, पिल्स १२ हजार, अल्वान्डाजाेल ३ लाख ३८ हजार, एम्लाेडिपिन ६० हजार, पारासिटामाेटल ४ लाख १२ हजार तथा बालबालिकालाई लगाइने खाेप रहेका छन भने अन्य अाैषधिकाे स्टक छैन ।

हेटाैडा अस्पतालमा समेत हाल नेपाल सरकारवाट निशुल्क वितरण हुने अाैषधिहरु मध्ये हाल ४ थरि मात्र अाैषधि उपलव्ध भएकाे वरिष्ट बालराेग विशेषज्ञ हरि खड्काले जानकारि गराउनुभएकाे छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*