गढि गापाबाट एक्साभेटर र टिपर नियन्त्रणमा

डिभिजन वन कार्यालय मकवानपुरले मापदण्ड बाहिर रही अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा लिएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं ५ खैरेनि स्थित खाेलामा अबैध रुपमा संचालनमा रहेका एक्साभेटर र टिपर नियन्त्रणमा लिईएको हाे ।
अबैध रुपमा नदिजन्य पदार्थकाे उत्खनन् गर्न राेक लगाउँदा लगाउँदै खैरेनि खाेलामा नियमित उत्खनन गरेकाले आवश्यक कारवाही अघि बढाएको कार्यालयले जनाएको छ ।







