वागमती प्रदेशका किसानलाई प्रतिलिटर दुधमा १ रुपैँया अनुदान कार्यक्रम सुरु

आगामी तीन बर्ष भित्र बागमती प्रदेशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन तथा किसानहरुलाई प्रोत्साहन गराउने योजनानुरुप प्रदेश सरकारले दुग्ध सहकारीमा आबद्द किसानलाई प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान दिने प्रक्रिया सुरु गरेको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले सहकारीमा आबद्द किसानलाई दुधमा अनुदान प्रक्रिया सुरु गरेको हो ।
प्रदेशको चालु आर्थिक वर्षमा दुग्ध उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अन्तर्गत विनियोजन भएको १२ करोड रकम बजेटबाट सहकारी संस्थामा दुग्ध विक्री गरेका कृषकलाई प्रति लिटर १ रुपैयाँका दरले रकम वितरण गर्न पहिलो चरणबाट छनौटमा परेका १ सय ७० वटा दुग्ध सहकारीलाई ६ करोड ७४ लाख ७६ हजार ३१५ रुपैयाँ विनियोजन भएको छ ।
निर्देशनालयले चितवनका ८४ वटा, मकवानपुरका ३८ वटा, काभ्रेपान्चोकका २१ वटा, ललितपुरका २१ वटा,, सिन्धुपाल्चोक र धादिगका २।२ वटा, रामेछाप र सिन्ध्ुलीका १।१ वटा सहकारी संस्था पहिलो चरणबाट छनौटमा परेका निर्देशक डाक्टर हरि कुमार रघु श्रेष्टले बताउनु भयो । उहाँका अनुसार नुवाकोट, दोलखा, रसुवा, काठमाण्डौं र भक्तपुरबाट भने हालसम्म कुनै सहकारीले आवेदन ब्ुझाएका छैैनन् । सिन्धुपाल्चोकको २ वटा दुग्ध सहकारीका लागी ७ लाख ५८ हजार ८९३ रुपैयाँ, सिन्धुली जिल्लाको १ वटा सहकारी संस्थाका लागी १३ हजार ४३८ रुपैयाँ, रामेछाप जिल्लाका १ वटा सहकारी संस्थाका लागि १ लाख १५ हजार ६०५ रुपैयाँ, धादिङ्ग जिल्लाका २ वटा सहकारी संस्थाका लागि ४ लाख ६४ हजार ३६६ रुपैयाँ, मकवानपुर जिल्लाका ३८ वटा सहकारी संस्थाका लागि १ करोड २६ लाख ९४ हजार ४६० रुपैयाँ वितरणका लागि तयारी गरिएको निर्देशनालयका निर्देशक श्रेष्टले जानकारी दिनुभयो ।
यसैगरी काभ्रे जिल्लाका २१ वटा सहकारी संस्थाका लागि ५६ लाख ३० हजार १९ रुपैयाँ, जिल्लाका २१ वटा सहकारी संस्थाका लागि ६६ लाख ९७ हजार ८६७ रुपैयाँ, चितवन जिल्लाका ८४ वटा सहकारी संस्थाका लागि ४ करोड ९ लाख ६८हजार ९६८ रुपैयाँ रकम वितरण गरिने भएको छ ।
पहिलो चरणमा दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधिमा रहेर आहवान गर्दा आवश्यक संख्यामा प्रस्ताव पर्न नआएकोले कार्यक्रममा सहभागी हुन इच्छुक दुग्ध उत्पादक सहकारी संस्थाहरुले २०७६ चैत्र १२ गते सम्ममा दिएको आवेदन पत्रका आधारमा सहकारी मार्फत किसानलाई दुग्ध वितरण गर्न लागिएको हो ।
सहकारीले दुग्ध बिक्री गरेको प्रमाण सम्बन्धी कागजात, वार्षिक साधारण सभा भएको प्रमाण, आ।ब। २०७५–०७६ को लेखा परिक्षण प्रमाणपत्र, सहकारी दर्तारनविकरणको प्रमाण, कुनै प्रकारको कार्वाहीमा नपरेको बारेको स्वघोषणा, कृषकलाई अनुदान रकम वितरण गर्ने मापदण्ड अनुदान प्राप्त गर्ने कृषकको विवरण समेत समावेस भएको, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि तथा सम्बन्धित जिल्ला दुग्ध उत्पादक सहकारी संघ, सम्बन्धित स्थानीय तह र सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिएको सिफारिस९पत्र संलग्न गरी पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेश¸ हेटौंडा, मकवानपुर वा सम्बन्धीत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यालय समय भित्र आईपुग्ने गरी आवेदन दर्ता गर्नुहुन पुनः प्रस्ताव आव्हान गरिएको सुचना अधिकारी डा. बबलु ठाकुरले बताउनु भएको छ ।







