हेटाैंडा अस्पतालमा काेराेना भाईरस परिक्षण यन्त्र खरिद गर्न पहल गरिदै

छहारी संवाददाता
फाल्गुन २९, २०७६

मकवानपुर जिल्लामा काेराेना भाईरसकाे संक्रमण तथा जाेखिम न्युनिकरणका लागि हेटाैडा अस्पतालमा पिसिअार मेसिन खरिद गर्ने देखि अाईसाेलेसन वार्ड थप गर्ने निर्णय भएकाे छ ।

काेराेना भाईरसकाे संक्रमण तथा जाेखिम न्युनिकरण
अनुगमन तथा सहजिकरण समितिका संयाेजक तथा मकवानपुर स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायकाे अध्यक्षतामा बसेकाे बैठकले काेराेना भाइरस परिक्षण यन्त्र खरिद गर्न हेटाैडा अस्पताल व्यवस्थापन समिति समक्ष पहल गर्ने निर्णय गरेकाे हाे ।

समितिकाे वैठकले काेराेना भाईरसकाे संक्रमण नेपालिमा हालसम्म नभए पनि जाेखिम नियन्त्रणका लागि पुर्व तयारि रहने उद्देश्यका साथ हेटाैडा अस्पतालमा दुइवटा मात्र अाईसाेलेसन बेड रहेकाे र अस्पतालमा भवनकाे अभावलाई मध्यनजर गर्दै मकवानपुर खेलकुद विकास समितिकाे कभर्ड हल, तथा अन्य सम्भावित वैकल्पिक स्थान खाेजि गर्ने निर्णय गरेकाे हाे ।

त्यस्तै बैठकले बजारमा अाैषधिजन्य सामानकाे अभाव सिर्जना हुन नदिन अाैषधिजन्य सामान जथाभावि विक्रि गर्न राेक लाउने , तथा डाक्टकाे प्रेव्किप्सन विना अाैषधि वितरण गर्न नदिने समेत निर्णय गरेकाे छ ।

प्रत्येक स्वास्थ्य संस्थामा रहेका एम्वुलेन्सलाई तयारि अवस्थामा हरपल रहन र स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मिलाई अाईपर्ने सम्भावित समस्याकाे जाेखिम नियन्त्रणमा तयारि अवस्थामा रहन अाग्रह गर्ने लगायतका निर्णय गरेकाे छ ।

देशमा हाल अाधिकारिक अनलाईन पत्रिकाहरु करिव ८ सय वटा मात्र रहेका तर अनाधिकृत रुपमा संचालनमा रहेका भने ३ हजार भन्दा वढि रहेकाे हुँदा कस्ता कुराकाे विश्वास गर्ने भन्ने पाठककै हातमा हुने र हाेहल्लाकाे पछि नलाग्न पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले अनुराेध गर्नु भएकाे छ ।

बैठकमा हाल अनलाईन संचार माध्यमका कारण नेपाली जनतामा त्रासकाे वातावरण फैलिएकाे हुँदा त्यस्ता नकारात्मक समाचार राेक्नु भन्दा पनि नगर तथा गाउपालिकाका सम्पुर्ण जनतालाई चेतना तथा जागरण अभियान समेत संचालन गर्न स्थानिय तहलाई अाग्रह गर्ने भएकाे छ ।

बैठकमा शसस्त्र प्रहरी वल मकवानपुर प्रमुख विकास घिमिरे , मेलानका उत्सव चाैलागाई, जनस्वास्थ्य निरिक्षक भाेला चाैलागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाकाे सहभागिता रहेकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*