हत्या गरी फरार रहेका मकवानपुरगढीका थिङ पक्राउ

छहारी संवाददाता
फाल्गुन २७, २०७६

एक जनाको हत्या गरी फरार समुहका एक जना पक्राउ परेका छन् ।

ललितपुर बालकुमारी बस्ने ३३ वर्षका हरि खड्को हत्या गरी फरार रहका  मकवानपुरगढी गाउँपालिका १ पिङ डाँडाका १९ वर्षका धने भनिने आरुष थिङलाई जिल्ला अपराध अनुसन्धान महाशाखा टेक र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

गत साउन २८ गते ललिलपुर महानगरपालिका ९ गुहेपोखरीमा उदयपुर कटारी २ गरास घर भई बालकुमारीमा मुर्ति सम्बन्धि काम गर्ने खड्का मृत फेर परेका थिए ।

घटनाको अनुसन्धान गर्दा उनलाई गत साउन २५ गते शनिवार बेलुका मकवानपुरगढी गाउँपालिका १ पिङ डाँडा घर भई ललितपुर ९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ र धने भनिने आरुष थिङ सहितको समुहले कुटपिट गरी हत्या गरी खुल्न आएको अपराध अनुसन्धान महाशाखा टेकुका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

थिङलाई कार्वाहीको लागि जिल्ला अदालत ललितपुर पठाइएको र घटनामा संलग्न अन्यको खोजी भइरहेको सिंहले जानकारी दिनुभयो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*