वैदेशिक रोजगारीमा पठाइदिने भनी ११ लाख ठगि गर्ने साह पक्राउ

छहारी संवाददाता
फाल्गुन २४, २०७६

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगि गर्ने धनुषाका एक जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि दुवई, मलेसिया पठाइदिन्छु भनी विभिन्न व्यक्तिबाट ११ लाख भन्दा बढी रकम ठगि गर्ने धनुषा मिथिला विहारी नगरपालिका ५ घर भई हाल काठमाडौंको गौशाला बस्ने २४ वर्षका राधे साहलाइ महानगरीय अपराध महाशाखा टेकुको टोलीले पक्राउ गरेको हो ।

साहले वैदेशिक रोजगारीमा लगाइदिने भनी ९ जनासंग ११ लाख ४२ हजार २ सय रुपैयाँ ठगी गरेको खुल्न आएको महाशाखा टेकुका प्रवक्ता एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

९ जनाको उजुरी पछि फरार रहेका साहलाई काठमाण्डौ वडानम्बर ८ मा लुकेछिपी बसको अवस्थामा बिहिबार पक्राउ गरेको एसपी सिंहले बताउनुभयो । साहमाथी आवश्यक कारवाही सुरु गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*