वीर अस्पतालकाे हाता भित्रै मास्क, सेनिटाइज लुकाएर कृत्रिम अभाव सिर्जना

वीर अस्पतालकाे हाता भित्र मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको भेटिएकाे छ ।
वीर अस्पतालमा आयूष फार्मेसीले मास्क, सेनिटाईजर लगायतका अाैषधिजन्य सामाग्रि लुकाएर कृत्रिम अभाव सिर्जना गरेकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा भेटिएकाे हाे । अनुगमन पश्चात् उक्त फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना गरेकाे छ ।
यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ । यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ ।
सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ । कोरोना भाइरसको रोकथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृत्रिम अभाव सुरु भएको र विभागले अनुगमन कडा बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभएकाे उज्यालाे नेटवर्कमा उल्लेख गरिएकाे छ ।
उहाँले मेडिकल पसलहरुमा शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने पनि जानकारी दिनुभयो । विभागले पछिल्लो ४ दिनमा मेडिकल सप्लायर्समा अनुगमगन गरी ६ लाख ५० हजार जरिबाना तिराएको छ ।







