मिर्गौलाको सफल प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीलाई आइसियुमा सारियो 

छहारी संवाददाता
फाल्गुन २१, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण पछि उहाँलाई आइसियुमा सारिएको छ ।

उहाँको काठमाडौको त्रिवि शिक्षण अस्पतालमा आज सफल प्रत्यारोपण पछि अब चार दिन सम्म आइसियुमै राखेर उपचार हुने शिक्षण अस्पताल अन्तरगतको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

चार घण्टा सम्मको प्रयास पनि प्रत्यरोपण सफल भएको र अहिले प्रधानमन्त्री ओलीको अवश्था सामान्य रहेको अस्पतालले जनाएको छ । उहाँको यो दोस्रो पट मिर्गौला प्रत्यारोपण गरिएको हो । उहाँलाई भान्जी समिक्षा संग्रोला कोइरालालो मिर्गौला दान गर्नु भएको हो ।

१२ वर्ष अघि भारतको एपोलो अस्पतालमा उहाँको मिर्गौला प्रत्यारोपण गरिएको हो । डाक्टर प्रेम ज्ञवालीको टोली र डाक्टर उत्तम शर्माको टोलीले शल्यक्रिया गरेको हो । प्रत्यारोपणका लाथि प्रधानमन्त्री ओली र भान्जी समिक्षा सोमबार अस्पताल भर्ना भएका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*