विमान चालकसहित १८ जनाको टोली क्वारेन्टाइनबाट मुक्त 

छहारी संवाददाता
फाल्गुन १९, २०७६

चीनमा रहेका विद्यार्थीको उद्धारको लागि यही फागुन ३ मा चीन गएका विमान चालकसहितका १८ जना टोली क्वारेन्टाइनबाट मुक्त भएका छन् ।

१४ दिनको क्वारेन्टाइन अवधि पूरा भएपश्चात गरिएको स्वाब परीक्षणको नमुना नेगेटिभ आएसँगै उनीहरुलाई क्वारेन्टाइन मुक्त गरिरएको हो । चालक दलसहितको चिकित्सकको टोलीलाई  नगरकोटकोटमा राखिएको थियो ।

नमूना परीक्षण नेगेटिभ आएपछि कोरोनामुक्त रहेको प्रमाण पत्र प्रदान गरिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । कोरोना प्रभावित क्षेत्रबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने तथा पहिलो र चौधौँ दिनमा दुईपटक नमूना परीक्षण गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मान्यता छ ।

हिजो गरिएको स्वाब परीक्षण नमुना नेगेटिभ आएपछि चिकित्सकसहितको टोलीलाई क्वारेन्टाईन मुक्त गरिएको मन्त्री ढकालले बताउनुभयो । खरीपाटीमा रहेका १ सय ७५ जना विद्याथीर्को स्वाबको नमूना परीक्षणको नतिजा भोलि बिहानसम्म आउने मन्त्री ढकालले बताउनुभयो ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*