पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मध्यावधि निर्वाचनको भ्रम फैलाइयोः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मुलुक मध्यावधि निर्वाचनमा जाने भ्रम फैलाइएको बताउनु भएको छ ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गण्डगी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न पोखरा पुग्नुभएका मन्त्री थापाले मध्यावधि निर्वाचनको विषयमा भ्रम फैलाइएको बताउनुभयो ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मध्यावधि निर्वाचनको आशंका उत्पन्न भएको मन्त्री थापाको भनाई छ, सीआईएनले लेखेको छ ।
एमसीसी प्रकरण, नयाँ सभामुख चयन, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा जस्ता केही सवाललाई देखाएर देश मध्यावधी निर्वाचन तर्फ जान्छ कि भन्ने विश्लेषण गरिएको भन्दै उहाँले त्यस्तो केही नहुने बताउनुभयो ।
सत्तारुढ नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने भनेर गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने मन्त्री थापाको भनाइ थियो ।







