भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक प्रचार स्थगित

सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक प्रचार स्थगित गरेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताउनुभयो,सीआईएनमा खबर छ ।
आज आयोजित बौद्ध चामुण्डा हेरिटेज कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले परिस्थिति अनुकुल भएपछि सन्त्रासहरु हट्दै जाने र त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम गर्ने बताउनुभयो ।
अब देशभित्रकै पर्यटन प्रवर्धनमा जोड दिने पनि मन्त्री भट्टराइले बताउनुभयो । कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको पनि उहाँले बताउनुभयो ।







