परिमार्जन गरेर मात्र एमसिसी पारित हुन्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी पारित हुने बताउनुभएको छ ।
आज सिन्धुपाल्चोकको सुकुटेमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताउनुभयो, सीआईएनले लेखेको छ ।
नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै प्रचण्डले परिमार्जनका लागि सुझाव सहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताउनुभयो । त्यसलाई स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने प्रचण्डको भनाइ थियो ।







