यूएस एम्बेसीको मेनेजर भनि लाखौं रकम ठगी गर्ने खड्का पक्राउ 

छहारी संवाददाता
फाल्गुन १६, २०७६

आफुलाई काठमाडौं स्थित अमेरिकी दुतावासको कर्मचारी भएको बताउँदै लाखौं रकम ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची ९ ज्यामिरे घर भइ हाल काठमाडौं मनोहरा ७ थली बस्ने ४१ वर्षका विकास भनिने केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले पक्राउ गरेको हो ।

विषेश सूचनाका आधारमा काठमाडौं ७ चावहिलबाट उनलाई नियन्त्रणमा लिएको  महाशाखाका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । उनले अमेरिका पठाइदिने भनि १० जना संग ५५ लाख रुपैया ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

अन्य ठगीएकाहरु पनि उजुरीका लागि आउने क्रममा रहेको उहाँले बताउनु भएको छ । अमेरिका पठाउने विश्वास दिलाउन विभिन्न व्यक्तिहरुलाई आफु दुतावासको कर्मचारी बताउने गरेका खड्कालाई आवश्यक कार्वाहीको लागि महानगरिय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको सिंहले बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*