आज देशभर मौसम सफा रहने 

छहारी संवाददाता
फाल्गुन १६, २०७६

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । आज राति देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । भोली दिउँसो देशको पश्चिमी भाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*